काठमाडौं । प्राइम कमर्सियल बैंकले आज जेठ ३ गते बुधवारदेखि ३ लाख ५१ हजार ८१७ कित्ता संस्थापक शेयर लिलामी विक्री खुला गरेको छ । उक्त लिलामी शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।
संस्थापक शेयरको प्रतिकित्ता रू. १३० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले शेयर खरीदको लागि न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूणर् कित्ताका लागि पनि आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ ।
विक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । लगानीकर्ताले सानिमा क्यापिटल नक्साल, काठमाडौं पुग्ने गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा जेठ १७ गतेसम्म आवेदन दिन सकिन्छ ।
सो अवधिमा प्राप्त भएका बोलपत्र जेठ १७ गते अपराह्न ४ बजे खोल्ने पनि कम्पनीले जानकारी गराएको छ । धितोपत्रको दोस्रो बजारमा कम्पनीको संस्थापक शेयर मूल्य प्रतिकित्ता रू. १४७ मा कारोबार भइरहेको छ ।