ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आशा लघुवित्तले वितरण गर्‍यो यस वर्षको बोनस शेयर

२०८० जेठ, ३  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको १४ दशमलव २८ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

कम्पनीको गत चैत ११ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको हो ।

यस वर्ष कम्पनीले साधारण सभाबाट नै बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यसर्थ बोनस शेयरका लागि सम्बन्धित शेयरधनीहरूले कर तिर्नुपर्ने छैन ।

कम्पनीले लाभांश प्रयोजनका लागि फागुन २६ गते एक दिन बुक क्लोज गरेको थियो । यसका आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।

फागुन २५ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र प्राप्त भएपछि मात्रै हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)