ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु लाइफले संशोधन गर्‍यो लाभांश प्रस्ताव 

२०८० जेठ, ३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम लाभांश प्रस्ताव संशोधन गरेको हो ।

यसअघि वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २ अर्बको आधारमा १० दशमलव ५२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको कम्पनीलाई प्राधिकरणले वैशाख २९ गते वित्तीय विवरण परिमार्जन गर्न निर्देशन दिएको थियो । कम्पनीले वित्तीय विवरण परिमार्जन गर्दै लाभांशसमेत संशोधन गरेको हो । 

संशोधित लाभांश ९ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५१ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीको संशोधित यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)