काठमाडौं । यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखि लागू हुने गरी लामो दूरीका सवारी साधनको भाडा घटाएको छ ।
नेपाल आयल निगमले डिजलको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा पनि समायोजन गरिएको विभागले जनाएको छ । विभागका अनुसार यात्रुवाहक सवारीसाधनको भाडा दर ३ दशमलव २० प्रतिशतले घटेको छ ।
यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव १९ प्रतिशत र तराई-मधेशमा सञ्चालन हुने मालवाहकमा ४ दशमलव ६५ प्रतिशत भाडा घटाइएको हो ।
कहाँको कति ?
https://drive.google.com/file/d/1i1GHIx8NL9zrHhmD_YeeUaxHh_1ELvkY/view