ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

इम्पेयरमेन्ट चार्ज बढेसँगै उन्नति सहकार्य लघुवित्त यो वर्ष नोक्सानीमा 

२०८० जेठ, ३  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड रू. ४ करोड ४७ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्म रू. ३ करोड ७९ लाखभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष इम्पेयरमेन्ट चार्ज बढी भएसँगै खुद नोक्सानीमा गएको हो ।

गत वर्ष यस अवधिसम्म रू. ९ लाख ९३ हजार रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष रू. ३ करोड २८ लाखभन्दा बढी रहेको छ । कम्पनीको निष्क्रिय कर्जा यस वर्ष उल्लेख्य मात्रामा बढेको छ । गत वर्ष ४ दशमलव ८२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १३ दशमलव ४७ प्रतिशत पुगेको छ ।

यस वर्षको तेस्रो त्रैमाससम्म कम्पनी रू. ४ करोड ४७ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको छ । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ४ करोड ९६ लाखभन्दा बढी ऋणात्मक रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. २२ करोड ९० लाखभन्दा बढी छ । रिटेन्ड अर्निङ रू. ११ लाखभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम रू. ५ करोड ६७ लाखभन्दा बढी छ । यस वर्ष कम्पनीले रू. १ अर्ब १५ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ३ अर्ब २६ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

कर्जा सापटी भने यस वर्ष रू. २ अर्ब १५ करोडभन्दा बढी छ । रू. २६ दशमलव शून्य ६ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२५ दशमलव २९ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)