ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘छैटौं चेम्बर एक्स्पो’ बिहीवार शुरू हुँदै

२०८० जेठ, ३  
समाचार विविध
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘छैटौं चेम्बर एक्स्पो’ आयोजना गर्ने भएको छ । एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आउँदो बिहीवार शुरू हुने भएको हो । ५ दिनसम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न प्रवद्र्धनका कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ ।

एक्स्पोको यो छैटौं संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदानप्रदान एवं नेपाली वस्तुहरूको बजारीकरणमा जोड दिइने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । मुलुकभित्र आयोजना हुने अन्तरराष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीले उत्पादन तथा बजारीकरणमा सहयोग पुर्‍याउने उनको भनाइ छ ।

एक्स्पोमा नेपाली हस्तकलाका उत्पादन, घरेलु तथा खाद्यान्नका सामग्री, जडीबुटीजन्य वस्तुहरू प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ । त्यस्तै, अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुसमेत प्रदर्शनीमा राखिने बताइएको छ । मेला करीब डेढ लाखले अवलोकन गर्ने व्यापार मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए । मेलामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीको स्टल रहनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)