ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुई कम्पनीको ४९ लाख ९२ हजार कित्ता बोनस शेयर सूचीकृत

२०८० जेठ, ३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको ४९ लाख ९२ हजार ३०८ दशमलव ४३ कित्ता बोनस शेयर बुधवार सूचीकृत भएको छ ।

नेपाल बैंकको २८ लाख ८१ हजार १८० दशमलव ९६ कित्ता र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको २१ लाख ११ हजार १२७ दशमलव ४६ कित्ता गरी कुल ४९ लाख ९२ हजार ३०८ दशमलव ४३  कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । 

नेपाल बैंकले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै फरवार्ड माइक्रोफाइनान्सले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)