काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
कम्पनीलाई २ लाख ४३ हजार ६७५ कित्ता आईपीओ निष्कासन गर्न जेठ २ गते अनुमति दिइएको हो । कम्पनीको विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीको लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।