ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सिटी होटलको आईपीओ शुक्रवार बाँडफाँट हुँदै, कति जनाले पाउँछन् शेयर ?

२०८० जेठ, ३  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।सिटी होटल लिमिटेडको आईपीओ जेठ ५ गते शुक्रवार बाँडफाँट हुने भएको छ । शुक्रवार बिहान ८ः३० बजे सिटी होटलमा आईपीओ बाँडफाँट हुने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको हो । 

कम्पनीले वैशाख २५ देखि २८ गतेसम्म १३ लाख ५५ हजार ९४० कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको थियो । उक्त आईपीओमा अन्तिम दिनसम्म ११ लाख ६१ हजार २८० जना आवेदकबाट १ करोड २७ लाख ८८ हजार ९९० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

यी आवेदकमध्येबाट भाग्यमानी १ लाख ३५ हजार ५९४ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)