ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो, सबै समूहगत परिसूचकमा हरियाली

२०८० जेठ, ३  
लगानी नेप्से विश्लेषण
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक १ दशमलव २८ प्रतिशत अर्थात् २३ दशमलव ३९ अंक बढेर १ हजार ८४५ दशमलव शून्य १ विन्दुमा उक्लिएको हो । १८०७ विन्दुलाई परीक्षण गरेर फर्किएसँगै परिसूचक केही सकारात्मक देखिएको छ ।

केही दिनदेखि लगातार घटेको बजारमा खरीदकर्ता आकर्षित भएकाले अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । चर्को ब्याजदर, तरलता अभाव र केही नीतिगत कुरा कसिएपछि नेप्से परिसूचक निरन्तर ओरालो लागेको थियो । अब ब्याजदर बिस्तारै घट्न थालेको छ । लामो समयदेखि घटेको बजारमा कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा आएको यो समय लगानीको लागि उपयुक्त रहेको जानकारहरू बताउँछन् ।

यस दिन २६६ धितोपत्रको २५ लाख ७७ हजार २१० कित्ता २५ हजार ६३४ पटकमा रू. ८५ करोड ७६ लाख बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य रू. ९३३ दशमलव ४० पुगेको हो । त्यस्तै दोस्रोमा इष्टर्न हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ७८ प्रतिशत बढेर रू. ३४७ पुगेको छ । 

बुधवार माई खोला हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य ७ दशमलव ९३ प्रतिशत घटेर रू. २७७ दशमलव ६० मा झरेको छ । त्यस्तै दोस्रोमा युनिक नेपाल लघुवित्तको शेयर मूल्य ५ दशमलव ३६ प्रतिशत घटेर रू. १ हजार ३२५ मा कायम भएको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ५ करोड ४६ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य रू. ४०३ दशमलव ५० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल दूरसञ्चार कम्पनीको रू. ४ करोड ७४ लाख बराबर कारोबार भएको हो । 

बुधवार १३ ओटै समूहगत परिसूचक बढेका छन् । ‘अन्य’ समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ३७ प्रतिशत बढेको छ । त्यस्तै वित्त समूहको परिसूचक २ दशमलव २८ प्रतिशत बढेको हो । बुधवार सेन्सेटिभ इन्डेक्स १ दशमलव १५, फ्लोट इन्डेक्स १ दशमलव २५ र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव शून्य ३ प्रतिशत बढेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)