ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विभिन्न ६ बुँदे माग राख्दै लगानीकर्ताले प्रधानमन्त्रीसमक्ष बुझाए ज्ञापनपत्र 

२०८० जेठ, ३  
समाचार लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । धितोपत्र बजारका लगानीकर्ताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष ६ बुँदे माग राखेका छन् ।

बुधवार नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ (नेपाल) र नेपाल पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधिहरूले प्रधानमन्त्री दाहाललाई भेटेर धितोपत्र बजार सुधारका विभिन्न ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

खुला रूपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया विनाढिलासुस्ती कार्यान्वयन गर्न लगानीकर्ताहरूले माग गरेका छन् । १२ करोड रूपैयाँसम्मको शेयर कर्जाको सीमाले धितोपत्र बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनसमेत लगानीकर्ताहरूले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छन् ।

त्यस्तै शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न, लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताको रूपमा विभाजन गरी सोहीअनुरूप अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न,  विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त ब्याजदरमा पुनरवलोकन गरी एकल अंक कायम गर्न र तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सृजना हुन गएकाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिन लगानीकर्ताले प्रधानमन्त्रीसमक्ष माग गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)