ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्टुनमा सडक सुरक्षाबारे सचेतना [तस्वीरहरू]

२०८० जेठ, ३  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विश्व सडक सुरक्षा सप्ताहको अवसरमा काठमाडौंको बबरमहलमा ‘सडक यात्रा’ नामक कार्टुन प्रदर्शनी शुरु भएको छ ।राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजना र कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा कार्टुन प्रदर्शनी शुरु भएको हो ।

सडक सुरक्षासम्बन्धी सचेतना जगाउन प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ । 

विश्वमा सडक दुर्घटनाका कारण प्रति वर्ष १३ लाख ५० हजारले ज्यान गुमाउने गरेका छन् । नेपालमा प्रत्येक वर्ष २८ सय जनाको दुर्घटनाबारे मृत्यु हुने गरेको छ ।  

सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउन कार्टुनको प्रयोग सशक्त माध्यम हुनसक्ने सडक सुरक्षा परिषद्का अध्यक्ष केशवकुमार शर्माले बताए । 

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष बासु क्षितिजले प्रदर्शनीले पैदल यात्रीसँगै साइकल तथा सवारी चालकहरू र यात्रुहरूले सामना गर्ने चुनौतीलाई चित्रण गरेको बताए । 

प्रदर्शनीमा नेपालका २६ जना कार्टुनिस्टहरूका ३० कार्टुनहरू राखिएको छ। प्रदर्शनी जेठ ५ गतेसम्म जारी रहने छ । 

प्रदर्शनीको उद्घाटन भौतिक योजना तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालाले गरेका थिए । 

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)