ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

६० करोड डलर कर्जा दिने बहुराष्ट्रिय बैंक खोज्दैछ वेदान्त रिसोर्सेज 

२०८० जेठ, ४  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भारतीय अर्बपति व्यापारी अनिल अग्रवालले प्रवद्र्धन गरेका वेदान्त रिसोर्सेज लिमिटेड (भीआरएल)ले ५० करोड देखि ६० करोड डलरसम्म कर्जा दिने बैंक खोजिरहेको छ । कम्पनी अहिले कर्जाका लागि दोयचे बैंक, जेपी मोर्गन चेज, बार्कलेज जस्ता बैंकहरुसँग वार्तारत् रहेको बताइएको छ ।

यही महीनाको अन्त्यसम्ममा कम्पनीले लिएको कर्जा चुक्ता गर्नका लागि भने सो ऋण खोजिएको यस मामिलाबारे जानकार स्रोतको भनाई उद्धृत गर्दै इकोनोमिकटाइम्सको अनलाइन संस्करणमा समाचार प्रकाशित छ । कम्पनीको लन्डनमा रहेको मुख्यालयले जिंक इन्टरनेशनल युनिटफर्मात पैसा सापटी लिन खोजेको बताइएको छ ।

जिंक इन्टरनेशनल कम्पनीको पूर्ण स्वामित्वको अफशोर सहायक कम्पनी हो । फारालोन क्यापिटल म्यानेजमेन्टले दिने भनेको ऋण आउन अझै समय लाग्ने भएपछि भीआरएलले अन्य बैंकबाट सानो परिमाणमा ऋण लिन खाजिरहेको छ ।  

कम्पनीले मे ३१ मा ५० ७ दशमलव १२५ प्रतिशत दरको ५० करोड डलर ऋणपत्रमा रिफाइनान्स गर्नु पर्नेछ । यसका लागि उसलाई कम्तिमा पनि ५०÷६० करोड डलर चाहिएको छ  । हालैका महीनाहरुमा कम्पनीलाई ऋण जुटाउन सकस भइरहेको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)