ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरराष्ट्रिय बजारमा घट्दा नेपालमा पनि असर, दुई दिनमा १४ सय रुपैयाँले घट्यो सुनको भाउ

२०८० जेठ, ४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली बजारमा बिहीवार पनि सुन (Gold) को मूल्य घटेको छ । अघिल्लोदिन १ हजार १०० रुपैयाँले घटेको सुन आज प्रतितोला ३०० रुपैयाँले घटेसँगै दुई दिनमा १ हजार ४०० रुपैयाँले घ६िसकेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । महासघंका अनुसार आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कायम भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:२१ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९७८ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (बुधवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९८२ डलरमा बन्द भएको थियो ।

त्यसैगरी, आज डलरको मूल्य भने बढेको छ । आज एक अमेरिकी डलरको (Dollar) विक्रीदर १३२ रूपैयाँ १२ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलर १३१ रूपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)