ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

साल्ट ट्रेडिङ कर्पोरेशनको नाफा १९३.९५ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

२०८० जेठ, ४  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९३ दशमलव ९५ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवमा रू. १ करोड २६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ३ करोड ७१ लाख पुगेको छ ।

चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीले वस्तु विक्रीबापत रू. ४ अर्ब ९१ करोड आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ५ अर्ब ७७ करोडभन्दा बढी पुगेको छ । 

कम्पनीको प्रशासकीय खर्च गत आवमा रू. १३ करोड २४ लाख रहेकोमा चालू आवमा बढेर रू. १५ करोड ३४ लाख पुगेको छ । कम्पनीको शेयर पूँजी रू. २५ करोड ३५ लाख रहेको छ ।

त्यस्तै कम्पनीले जगेडामा रू. १ अर्ब ३५ करोड सञ्चित गरेको हो । प्रतिशेयर आम्दानी रू. २९ दशमलव २८ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात १३५ दशमलव २४ गुणा र प्रतिशेयर नेटवर्थ रू. ४४४ दशमल १४ रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)