ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा विष्णुप्रसाद उपाध्याय नियुक्त

२०८० जेठ, ४  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन् ।

जेठ २ गते बसेको सञ्चालक समिति बैठकले जेठ ३ गतेदेखि लागू हुने गरी उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृत  पदमा नियुक्त गरेको हो । उपाध्याय आगामी चार वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष काम गरेका थिए । 

उपाध्यायले नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही चार वर्ष काम गरेका थिए ।  मोरङमा कर्पोरेट कार्यालय रहेको कम्पनीले कोशी प्रदेशका १२ वटा जिल्लामा ३३ वटा शाखा कार्यालयमार्फत २० हजारभन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)