काठमाडौं । धितोपत्र दोस्रो बजारमा जेठ २ गते सूचीकृत भएको माई खोला हाईड्रोपावरले शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
कम्पनीले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । शेयर रजिष्ट्रार नियुक्त भएसँगै कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारीलगायत शेयरधनीहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूणर् कार्य प्रभु क्यापिटलले गर्नेछ ।
यस कम्पनीको धितोपत्र दोस्रो बजारमा ३९ लाख २१ हजार ५६८ कित्ता शेयर सूचीकृत रहेको छ । कम्पनीले सर्वसाधारणमा वैशाख ८ गतेदेखि १२ गतेसम्म आईपीओ निष्कासन गरी वैशाख १९ गते बाँडफाँट गरेको थियो ।
कम्पनीले इलाम जिल्लामा निर्माण गरेको ३ मेगावाट क्षमताको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाबाट २०७७ असार ३१ गतेदेखि विद्युत् विक्री गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्