ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्जीवन बीमा कम्पनीहरूले बजार प्रवर्द्धनका लागि बीमा शुल्कको १.५ % मात्र खर्च गर्न पाउने

२०८० जेठ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूले बजार प्रवर्द्धनका लागि कुल बीमा शुल्कको १.५ प्रतिशत रकम मात्र खर्च गर्न पाउने व्यवस्था गरेको छ । 

प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशन जारी गरेको हो । प्राधिकरणले ‘बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५’ को पाचौं संशोधन गर्दै दफा ५७ को ‘ख’ पछि दफा ५७ ‘ग’ थप गरेको छ ।

प्राधिकरणले गरेको निर्देशनको पाचौं संशोधनको दफा ५७ (ग) को उपदफा १ मा निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले आफ्नो कुल व्यवस्थापन खर्चअन्तर्गत अतिथि सत्कार, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शीर्षकमा खुद बीमा शुल्कको बढीमा एक दशमलब पाँच प्रतिशतसम्म खर्च गर्न पाउने व्यवस्था थप गरेको छ ।

त्यस्तै, दफा ५७ (ग) को उपदफा २ मा उपदफा १ बमोजिम बीमकले गरेको कुल खर्चको कम्तिमा २५ प्रतिशत रकम विज्ञापन तथा प्रचार प्रसार शीर्षकमा खर्च गर्नु पर्ने व्यवस्था गरेको छ । अर्थात् अब निर्जीवन बीमा कम्पनीहरूले अनिवार्यरूपमा विज्ञापनको लागि खर्च छुटाउनु पर्ने भएको छ । 

प्राधिकरणका कानुन शाखाका उपनिर्देशक शम्भराज लामिछानेले प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूले बजार प्रवर्द्धनका लागि बीमा शुल्कको १.५ प्रतिशत मात्र खर्च गर्न पाउने निर्देशन जारी गरेसँगै उक्त निर्देशनको पालना नगर्ने बीमा कम्पनीहरूलाई बीमा ऐन अनुसार कारबाही हुने बताए ।

‘प्राधिकरणले बीमा ऐनले दिएको अधिकार प्रयोग गर्दै बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को पाचौ संशोधन गरेको छ । उक्त निर्देशिकाको पालना नगर्ने कम्पनीहरूलाई बीमा ऐन २०७९ को दफा १३६ देखि दफा १५० सम्मको दफाले दिएको अधिकार प्रयोग गरी प्राधिकरणले कारबाही गर्छ,’ उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)