काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले कपिल ढकाललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको छ । बुधवार सम्पन्न सञ्चालक समितिको २७औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनीत भएका ढकाल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत समेत हुन् । ढकालसँग बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करीब १५ वर्षभन्दा बढीको कार्यानुभव रहेको बताइएको छ ।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ढकालले डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया र साविक हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका साथै एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । साथै, उनले एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षको जिम्मेवारी समेत पूरा गरेका थिए । अध्यक्ष ढकालको कार्यानुभव तथा कुशल व्यवस्थापकीय क्षमताले क्यापिटलको व्यवसाय विस्तार एवं सेवालाई सर्वोत्कृष्ट बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।