काठमाडौं । डिजिटल सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमनका लागि आवश्यक कानूनी व्यवस्था गर्न नेपाल विज्ञापन संघ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच सहमति भएको छ ।
बुधवार मन्त्रालयमा संघका पदाधिकारी र मन्त्रालयका सहसचिवबीच यससम्बन्धी सम्झौता भएको हो । विभिन्न माग राख्दै आएको संघले मन्त्रालयसँग सातबुँदे सहमति गरेको छ ।
उक्त सहमतिपत्रमा मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी र उपसचिव टेकबहादुर महतले हस्ताक्षर गरेका छन् भने संघका तर्फबाट प्रतिनिधि सुदीप थापा, कृष्णप्रसाद घिमिरे, कृष्णमुरारि लामिछाने, रविन्द्रकुमार रिजाल र विज्ञापन बोर्डका सदस्य बलराम थापाले हस्ताक्षर गरेका हुन् । बुधवार सरकार र नेपाल विज्ञापन संघबीच १३ बुँदे मागका सम्बन्धमा सहमति भएपछि संघका तर्फबाट सम्पूर्ण आन्दोलन स्थगित गरिएको छ ।