ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो’ शुरु, 'स्वदेशी उद्यमी–व्यवसायीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुने'

२०८० जेठ, ४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट छैटौं संस्करणको ‘नेपाल चेम्बर एक्स्पो’ शुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा शुरु भएको उक्त एक्स्पो जेठ ८ गतेसम्म चल्नेछ । एक्स्पोमा स्वदेशी उत्पादनसँगै विदेशी वस्तुहरूको प्रदर्शनी भइरहेको आयोजकले जानकारी दिएको छ । 

एक्स्पोमा व्यापारिक अन्तरक्रिया एवं आयात–निर्यातको सूचना आदान–प्रदानसँगै नेपाली वस्तुहरूको बजारीकरणमा जोड दिइने चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । उनले एक्स्पोबाट बाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी–व्यवसायीहरूमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नसमेत टेवा पुग्ने दाबी गरे । 

एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरू, घरेलु तथा खाद्यान्नका सामग्रीहरू, जडीबुटीजन्य वस्तुहरू प्रदर्शनीमा राखिएका छन् । यस्तै अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुहरूसमेत प्रदर्शनी भइरहेका छन् । 

एक्स्पोमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेशलगायत मुलुकमा उत्पादित सामग्रीका १५० स्टल रहनेछन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)