ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत, आइतवारदेखि कारोबारमा आउने

२०८० जेठ, ४  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जर गर्दा १ः१ को अनुपातमा कायम हुन आएको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ करोड १८ लाख ४० हजार  कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीको शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी मर्जर प्रयोजनका लागि रोक्का रहेकोमा बिहीवार कारोबार फुुकुवा गरिएको हो । मर्जरपछि बनेको कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ३९१ दशमलव ८८ ओपनिङ रेञ्ज तोकेको छ । यही रेञ्जका आधारमा कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । स्टक सिम्बोल एसआरएलआई रहेको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)