ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जेठ २९ गतेदेखि नेपाल एयरलाइन्सको मलेसिया-भैरहवा उडान, भाडादर १२ हजार ७००

२०८० जेठ, ४  
समाचार
Jagdamba Supershine Image Not Found

काठमाडौं । राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नियमित उडान शुरू गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रू. १२ हजार ७०० कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।

‘नेपाल एयरलाइन्सले भैरहवा-मलेसिया र मलेसिया-भैरहवा-काठमाडौं रुटमा यही जेठ २९ देखि उडान शुरू गर्दै छ,’ निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए, ‘मलेसिया-भैरहवा-काठमाडौंका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौं ।’

उनका अनुसार मलेसिया-भैरहवाका लागि रू. १२ हजार ७०० र मलेसिया-भैरहवा-काठमाडौंका लागि रू. १४ हजार ७२० भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तरराष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमै सटल बस (यात्रु ओसारपसार गर्ने बस) को व्यवस्था गर्ने उनको भनाइ छ । 

निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट हाल निगमले साताको एक उडानबाट शुरू गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरू गर्ने निणर्य गरेको निगमले जनाएको छ । 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीले हालै गरेको मलेसिया भ्रमणमा सिभिल एभिएसन अथोरिटी मलेसियाका निर्देशकसँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी विविध पक्षमा छलफल गरेको निगमले उल्लेख गरेको छ । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)