ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जीडीपीमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत : अध्ययन प्रतिवेदन

२०८० जेठ, ४  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालको कुल ग्राहस्थ्र्य उत्पादन (GDP)मा ८१ प्रतिशत हिस्सा निजी क्षेत्रको योगदान रहेको एक अध्ययनले देखाएको छ । इन्टरनेशनल फाइनान्स कर्पाेरेशन (IFC)को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI)ले गरेको अध्ययन प्रतिवेदनले उक्त कुरा देखाएको हो । 

उक्त प्रतिवेदनले निजी क्षेत्रले सिर्जना गरेको रोजगारी कुल हिस्साको ८५ प्रतिशत रहेको देखाएको छ । प्रतिवेदनमा देशभर कुल ५५ लाखले रोजगारी पाएको तथ्या‌ंकसमेत उल्लेख छ । 

उक्त तथ्यांक समेटिएको अध्ययन प्रतिवेदन आज (बिहीवार) संघीय राजधानी काठमाडौंमा आयोजित ‘द स्टेट अफ प्राइभेट सेक्टर रिपोर्ट डिसिमिनेशन एण्ड डिसकसन’ कार्यक्रममा सार्वजनिक गरियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उक्त प्रतिवेदन सार्वजनिक गरे ।

प्रतिवेदन सार्वजनिक गरेपछि मन्त्री रिजालले निजी क्षेत्रको सुझावअनुसार सरकारले सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘विभिन्न क्षेत्रको बारेमा थप जानकारी पाए यसलाई सम्बोधन गर्ने कुरामा आवश्यक नीति निर्माणको पहल गर्नेछु,’ उनले भने । 

उनले निजी क्षेत्रका गतिविधिमा संकुचन आएकै कारण राजस्व लक्ष्य पूरा नभएको बताए । ‘यसमा सरकार संवेदनशील छ,’ उनले भने । 

उनले निजी क्षेत्रसँगको सहकार्यबाट अहिले अर्थतन्त्रमा देखिएको समस्याको समाधान हुने बताए । 

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यी तथ्यांकहरूले आफूहरू निकै उत्साहित भएको बताए । साथै उनले यस्तो अध्ययन अरु देशमा नभएको दाबी गरे । 

आर्थिक मन्दी छिट्टै हट्छ ! 

अध्यक्ष ढकालले देश आर्थिक मन्दीबाट छिट्टै बाहिर आउने विश्वास निजी क्षेत्रको रहेको बताए । ‘बाह्य क्षेत्र सन्तोषजनक रहेकाले मन्दीबाट छिट्टै बाहिर आउन सकिन्छ भन्ने निजी क्षेत्रको विश्वास छ,’ उनले भने । 

२८ हजारबाट ९ लाख उद्योग 

उनले नेपालमा उद्योगको संख्या ह्वात्तै बढेको बताए । ‘निजी क्षेत्र संगठित हुनुअघि नेपालमा २८ हजार उद्योग थिए, अहिले ९ लाख पुगेका छन्,’ उनले भने । 

अपेक्षित आएन विदेशी लगानी 

उनले नेपालमा अपेक्षा गरेअनुरूप विदेशी लगानी भित्रिन नसकेको बताए । ‘अहिले विदेशी लगानी अपेक्षित आउन सकेन, स्वदेशी लगानी उत्साहित छैन,’ उनले भने । 

सरकारी कम्पनी निजीकरण गर्ने कि ?

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारी कम्पनी निजीकरण गर्न सरकारले सोच्नुपर्ने बेला आएको बताए । ‘सरकारी कम्पनी निजीकरण गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ, सरकारले सोच्ने हो कि ?’ उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)