ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

खोलामा बगेर जाने ढुंगा र बालुवाबाट वार्षिक २ अर्ब डलर भित्र्याउन सकिन्छ : ढकाल 

२०८० जेठ, ४  
समाचार
Jagdamba Supershine Image Not Found
फाइल तस्वीर ।
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खोलामा बगेर जाने ढुंगा र बालुवाबाट वार्षिक २ अर्ब डलर भित्र्याउन सकिने बताएका छन् । 

उद्योग वाणिज्य महासंघले बिहीवार (आज) संघीय राजधानी काठमाडौंमा आयोजना गरेको ‘द स्टेट अफ प्राइभेट सेक्टर रिपोर्ट डिसिमिनेशन एण्ड डिसकसन’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘खोलामा बगेर जाने ढुंगा र बालुवा निर्यात गर्ने जिम्मा निजी क्षेत्रलाई दिएमा वार्षिक २ अर्ब डलर भित्र्याउन सकिन्छ,’ उनले भने । 

याे रकम आजको विदेशी विनिमय दरका आधारमा साढे २ खर्ब रुपैयाँभन्दा बढी हो । नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ३२ पैसा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)