ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३० देखि ६० दशकसम्मको नेपाल [तस्वीरहरू]

२०८० जेठ, ४  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सडक सुनसान छ । सडक छेउबाट एक बालक भैंसी डोर्याएर गन्तव्यतर्फ लाग्दै छन् । बालकको पछाडि एक महिला हिँड्दै छिन् । सडक छेउमा खरले छाएका जस्ता देखिने छाप्रा देखिन्छन् । यो दृश्य हो– काठमाडौं–सल्लाघारी सडकखण्डको । 

पत्याउनुभएन ? काठमाडौं–सल्लाघारी सडकमा यस्तो अवस्था छ भन्दा सायदै कोही पत्याउलान् ! तर, यो त्यहीको दृश्य हो, अहिलेको भने होइन, २०३९ सालको हो ।

०००
टिनका ड्रम राखिएका छन् । जरकिन लिएका मानिसको लाइन लागेको छ । यो दृश्य हो– राजधानीमा मट्टिटेलका लागि लामबद्ध मानिसहरूको हो । राजधानीमा मट्टितेल किन्नेको लाइन भन्दा जोकोहीलाई पनि अचम्म लाग्ला । नझुक्किनुस्, यो अहिलेको दृश्य भने होइन, २०४५ चैत २७ को दृश्य हो । त्यतिबेला भारतले लगाएको नाकाबन्दीका कारण राजधानीमा मट्टितेललगायत पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको थियो । गोरखापत्रका अनुसार उक्त नाकाबन्दी २०४५ चैत १० देखि २०४७ असार १७ सम्म भएको थियो । 

यी मात्रै होइनन्, गोरखापत्र संस्थानको भवनमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म चल्ने फोटो प्रदर्शनीमा २०३० देखि २०६० सालसम्मको नेपालको विभिन्न तस्वीरहरू देख्न सकिन्छ । 


 
गोरखापत्र प्रकाशनको १२३ औं वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६१ वर्ष प्रवेशको अवसरमा वैशाख २४ बाट फोटो प्रदर्शनी शुरु भएको हो । प्रदर्शनीमा ६० ओटा तस्वीर राखिएका छन् । २०३० सालदेखि २०६० को दशकमा खिचिएका यी तस्वीरहरू गोरखापत्र संस्थानका विभिन्न प्रकाशनमा प्रकाशित छन् । 

अरु तस्वीरहरू स्लाइड सोमार्फत पनि हेर्न सकिने बताइएको छ । प्रदर्शनीमा राखिएका श्यामश्वेत तस्वीरहरूले ऐतिहासिक, राजनीतिक, सांस्कृतिक, आर्थिक र सामाजिकलगायतका विषयवस्तुलाई झल्काएका छन् । 

प्रदर्शनीमा गोरखापत्रका तत्कालीन फोटो पत्रकारहरू गोपाल चित्रकार, बिन्दुराजसिंह सुवाल, रामेश्वर कायस्थ, भीम गुरुङ, नातिकाजी महर्जन, राजेन्द्र चित्रकार, शेखर चौलागाईं र रमेश क्षेत्रीले खिचेका तस्वीरहरू राखिएका छन् ।

गोरखापत्र फोटोग्राफीका प्रमुख रामप्रसाद हुमागाईंले दैनिक १५० देखि दुई सय जनाले फोटो प्रदर्शनीको अवलोकन गर्ने गरेको जानकारी दिए । 

प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायतले अवलोकन गरिसकेका छन् । प्रदर्शनी जेठ ८ गतेसम्म चल्ने छ । प्रदर्शनी निःशुल्क हेर्न व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)