काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले पोखरास्थित ‘कास्की मोडेल हस्पिटल’मा छूट पाउने भएका छन् ।
बैंकले ग्राहकलाई थप सेवा दिन अस्पतालसँग यससम्बन्धी सम्झौता गरेको जानकारी दिएको छ । सम्झौतापश्चात् बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले हस्पिटलका सेवामा १० प्रतिशतसम्म छूट प्राप्त गर्ने बताइएको छ ।
डिजिटल कारोबारमा प्रोत्साहनका लागि एटीएम कार्ड प्रयोग गरी भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकका एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था समेत गरिएको बैंकले जानकारी दिएको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, कर्जा तथा खाता सञ्चालन आवेदन, इन्टरनेट बैंकिङ, रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवा घरबाटै प्रयोग गर्न सकिने बैंकले बताएको छ ।