ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई  लघुवित्तका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

२०८० जेठ, ५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई  लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर र धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको हो । 

कम्पनीले गत फागुन १५ गते सम्म शेयरहरु अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको र सो मिती पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमश जम्मा हुने जानकारी गराएको छ । हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफ्ना शेयर  अभौतिकीकरण गराएपछि  बोनस शेयर हितग्राही खातामा नै जम्मा हुनेछ । शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)