काठमाडौं । नेपाली बजारमा शुक्रवार पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । महासघंका अनुसार आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कायम भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य बढ्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:१७ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९६२ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (बिहीवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९५८ डलरमा बन्द भएको थियो ।
त्यसैगरी, आज डलरको मूल्य भने बढेको छ । आज एक अमेरिकी डलर (Dollar)को विक्री दर १३२ रुपैयाँ ४७ पैसा कायम भएको छ । अघिल्लो दिन १ अमेरिकी डलर १३२ रुपैयाँ १२ पैसामा कारोबार भएको थियो ।