काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब २० करोडको आधारमा १ बराबर सून्य दसमलव ७५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
उक्त अनुपातमा प्रतिसेयर रू. १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर कम्पनीले निष्कासन गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बैसाख २७ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा बैसाख २६ गतेसम्म कायम सेयरधनीहरूले मात्र यो हकप्रद सेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । योग्य आवेदनहरूले असार १० गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बीप्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै लगानीकर्ताले हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम साखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण साखामार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर सफ्टेयर र एपमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६० करोड रहेको छ । ७५ प्रतिसत हकप्रद निष्कासन तथा बाँडफाँटपस्चात् कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ ।
कम्पनीले हाल ४ दसमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनको कुल लाग रू. ७२ करोड ५१ लाख ४९ हजार रहेको छ भने माईसाना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रहेको छ ।