ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

लिवर्टी ईनर्जी कम्पनी रू. ७ करोड ९९ लाख नोक्सानीमा, अन्य सूचक कस्ता ?

२०८० जेठ, ५  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ७ करोड ९९ लाख नोक्सानीमा रहेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा पनि कम्पनी रू. १ करोड ९९ लाख नोक्सानीमा थियो । यसरी हेर्दा कम्पनीको नोक्सानी गत आवको तुलनामा चालू आवमा बढेको छ ।

चालू आवमा कम्पनीको वित्तीय खर्च धेरै भएकाले नोक्सानीमा ब्यहोरेको हो । सो अवधिमा कम्पनीको वित्तीय खर्च रू. १४ करोड १७ लाख रहेको छ । 
कम्पनीले विद्युत विक्री बापत रू. १३ करोड ११ लाख आम्दानी गरेको छ ।

गत आवमा भने कम्पनीको विद्युत विक्री आम्दानी भएको थिएन । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५० करोड रहेको छ । रिटेन्ड अर्निङ रू. २५ करोड ४६ लाख ऋणात्मक रहेको छ । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३३ पैसा ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८३ दशमलव ०३ रहेको छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)