ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपाटपको ढल निकास प्रयोजनको लागि डीडब्लुसी पाइप उत्पादन शुरु 

२०८० जेठ, ५  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । निर्माण सामग्री उत्पादन तथा विक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने Double wall corrugated (DWC) पाइपको उत्पादन शुरु गरेको छ ।

भारत, चीनलगायत देशहरूमा सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाइजेशन अन्तर्गतको नुवाकोट, पीपलटारस्थित मनमैजु ईण्डष्ट्रिज प्रालिले उक्त पाइपको उत्पादन शुरु गरेको हो । अत्याधुनिक प्रविधि सहितको मेशिनरी आयात गरी नेपालमा उक्त पाइप उत्पादन थालिएको कम्पनीले बताएको छ । 

भारत, चीनलगायत देशहरूमा दुई दशकभन्दा अघिदेखि कोरोगेटेड डिजाइनमा पाइप उत्पादन भइसकेको छ । ती देशहरूमा यो प्रविधि प्रचलित रहेको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले हाल प्रचलित अन्तरराष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही १०० मि.मि.देखि १२०० मि.मि. गोलाइका पाइप उत्पादन गरिरहेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले केही समयअगाडि पारित गरेको DWC पाइपको मापदण्ड ने.गु.नं. ५९५ चिह्न प्राप्तिको प्रक्रियामा रहेको समेत नेपाटपले जानकारी दिएको छ । 

स्वदेशी श्रम एवं स्वदेशी पुँजी प्रयोग गरी नेपालमा नै उत्पादन शुरु गरेपछि भारत एवं चीनबाट हुने आयात पूर्णतया बन्द हुने साथै स्वदेशमा नै रोजगारी सिर्जना भई अर्थतन्त्रको सबलकरणमा समेत भूमिका पुग्ने कम्पनीको विश्वास छ ।

विगतमा प्रयोगमा आइरहेको कंक्रिट ढल पाइपको तुलनामा यो जडान गर्न छिटो र सजिलो, कंक्रिट ढल पाइपको तुलनामा बलियो एवं भरपर्दो रहेको कम्पनीको भनाइ छ । सामान्यतया जडानपश्चात मर्मत सम्भारको झन्झट नहुने, पाइपको भित्री सतह चिल्लो भएको कारण सहज बहाव हुने एवं बाहिरी बनोट रिङ्ग आकारमा रहने भएकोले अत्याधिक भार बहन क्षमता रहने लगायतका विशेषताका कारण यो उपभोक्ताहरूको रोजाइमा पर्ने कम्पनीको विश्वास छ । 

यो उत्पादन साना–ठूला ढल निकास आयोजना, ढल प्रशोधन केन्द, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजनालगायतका उत्कृष्ट हुने कम्पनीको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)