ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जको मनोनयन सार्वजनिक, १० विधामा छानिए ७० ओटा वृत्तचित्र

२०८० जेठ, ५  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न १० विधामा ७० ओटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनयन गरिएको हो ।

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभूषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । 

फाउन्डेसनले गत वर्ष फागुन १२ देखि यस वर्षको वैशाख २१ गतेसम्म वृत्तचित्र पठाउन आह्वान गरेको थियो । आयोजकले ‘वेस्ट भिडियो अफ द इयर’, ‘जजेज च्वोइस अवार्ड’, ‘स्टोरी कन्सेप्ट÷वेस्ट डिरेक्सन’, ‘वुनम भिडियो मेकर अफ दि इयर’, ‘फ्युचर स्टार अफ दि इयर’, ‘मोष्ट पोटेन्सियल डेस्टिनेसन’, ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’, ‘वेष्ट स्क्रिप्ट÷भ्वाइस ओभर’, ‘वेस्ट सिनेमाटोग्राफर’ र ‘बेष्ट एडिटर’ गरी १० विधामा मनोनयन गरेको हो । प्रत्येक विधामा सात–सातओटा भिडियो मनोनित गरिएको छ ।

वृत्तचित्र छनोट टोलीमा निर्देशक भूषण दाहाल, अभिनेत्री करिश्मा मानन्धर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, निर्देशक तथा सिनेमाटोग्राफर सबनम मुखिया, नेपाल पर्यटन बोर्डकी म्यानेजर अर्चना केसी राना, नेपाल उद्योग परिसंघका महाप्रबन्धक दीपकराज जोशी (टुरिज्ज बोर्डका पूर्वसीईओ) र वि विल राइज फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठ निर्णायक छन् ।

उत्कृष्ट भिडियोहरूमध्ये ‘बेष्ट भिडियो अफ द इयर’ले पाँच लाख रुपैयाँ, ‘जजेज च्वोइस अवार्ड’ले दुई लाख र बाँकी सबै विधामा एक–एक लाख रुपैयाँ नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको सयुंक्त आयोजनामा जेठ १३ गते साँझ राष्ट्रिय सभागृह, काठमाडौंमा हुनेछ । कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको समेत साथ रहेको आयोजकले जानकारी दिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)