ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले स्टार्टअपको विकासका लागि 'फाइभ आई'मा ध्यान दिनुपर्छ : उद्योग सचिव ज्ञवाली

२०८० जेठ, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा. तोया ज्ञवालीले सरकारले स्टार्टअपहरूको विकासका लागि पाँचओटा 'आई'मा ध्यान दिनुपर्ने बताएका छन् ।

न्यू बिजनेश एज प्रालिले शुक्रवार काठमाडौंमा आयोजना गरेको न्यूबिज समिट एण्ड अवार्ड्समा उनले पाँचओटा 'आई' अर्थात् इनोभेसन, इनभेष्टमेन्ट, इन्फ्रास्ट्रक्चर, इन्सिच्युस्नललगायतमा ध्यान दिनुपर्ने बताएका हुन् । 

उनले अस्पतालको कहानी सुनाउँदै डक्टर अन कलको बारेमा थाहा पाएको भए घरमै सेवा पाउने बताए ।

'सरकारले स्टार्टअपहरूको लागि लिगल फ्रेम वर्क बनाउनुपर्छ । १५ बढी अफ्रिकी देशले बनाइरहेका छन् । स्टार्टअपहरूको कम्युनिटी बनाउनुपर्छ । नेटवर्किङ बनाउनुपर्छ,' उनले भने, 'अन्तमा हामीले अघि बढाएका कुरा हाम्रो इकोसिस्टमले सपोर्ट गर्छ की गर्दैन भन्ने हेर्नुपर्छ ।'

उनले स्टार्टअपमा व्यवस्थापन र मानविकी संकायभन्दा इन्जिनियरिङ पढेका युवा बढी रहेको बताए । 'विश्वमा नै इन्जिनियरिङ पढेका ५८ प्रतिशत युवा स्टार्टअपमा छन् । व्यवस्थापन पढ्ने ३० र मानविकी संकाय पढ्ने ४ प्रतिशत मात्रै छन्,' उनले भने ।

उनले ९० को दशकमा स्टार्टअप शुरू भएको र ३० वर्षमा विश्वमा धेरै राम्रा काम भएको बताए । भारतमा तेस्रो ठूलो स्टार्टअप उद्योग रहेको उनको भनाइ छ । 

उनले सरकारी संस्थाले संस्थागत सहयोग, नवप्रवर्तन र बजारको कुरामा सहयोग गर्नुपर्ने बताए । 'इन्भेष्टमेन्ट पनि सरकारले गर्नुपर्छ । इन्फ्रास्ट्रक्चर पनि सरकारले हेर्नुपर्छ,' उनले भने । 

उनले देशभर ६५ भन्दा बढी सेवा क्षेत्रका उद्योग रहेकोमा कुन कुन क्षेत्रमा स्टार्टअपलाई सहयोग गर्न सकिन्छ  भन्नेबारे पनि सरकारले ध्यान दिनुपर्ने बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)