ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतले २ हजार रुपयाको नोटको सर्कुलेशनमा रोक लगाउने 

२०८० जेठ, ६  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । भारतले २ हजारको कागजी नोटमा प्रतिबन्ध लगाउँदैछ ।

त्यहाँको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)ले शुक्रबार यस्तो अप्रत्याशित निर्णय गरेको हो । बैंकले सबैभन्दा ठुलो कागजी नोटको सर्कुलेशन रोक्ने घोषणा गरेको छ ।

तर यसको अर्थ नोटको वैधानिकता नै हट्छ भन्ने चाँहि होइन । नोटलाई औपचारिक रुपमा भने चलाउन सकिनेछ । तर नोटबाहकहरुले सन् २०२३ को सेप्टेम्बर ३० अघि आफूसँग भएका २ हजारको कागजी नोट भने साटिसक्नु पर्नेछ । आरबीआईले सन् २०१६ मा ५०० र एक हजार रुपयाको कागजी नोट एक्कासी अमौद्रिकीकरण गरेपछि २ हजार रुपयाको नोट ल्याएको थियो ।

अमौद्रिकीकरणपछि सर्कुलेशनमा रहेका ८६ प्रतिशत नोटहरु काम नलाग्ने भएपछि बैंकले माग धान्न ५०० रुपया र २००० रुपयाको नोट निकालेको थियो । बैंकले लामो समयदेखि ५०० रुपयाको नोट छाप्नमा जोड दिएको थियो ।

गएको ४ वर्षदेखि बैंकले २ हजार रुपयाको नयाँ नोट छापेको छैन । अहिले बजारमा रहेको अन्य मूल्य अंकित नोट सर्वसाधारणको मुद्राको माग धान्न पर्याप्त रहेको एक विज्ञप्तिमा केन्द्रीय बैंकले भनेको छ । एजेन्सी
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)