ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

४९ यात्रु बोकेर जनकपुरबाट काठमाडौँ आउने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि...

२०८० जेठ, ६  
समाचार
Jagdamba Supershine Image Not Found

काठमाडौ । जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ ।

उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनीयरहरूले प्राविधिक मर्मत गरिरहेका छन् । बिहान ९:१५ बजे जनकपुरबाट काठमाडौँ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उक्त जहाज काठमाडौँबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ यात्रु रहेका थिए । 

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार उक्त जहाज अहिले इञ्जिनीयरले चेकजाँच गरिरहेका छन् । 'आज बिहान जनकपुरबाट काठमाडौं उडान संख्या ५०२, जहाज 9N-AJL मा यात्रुले मुसा देखेको रिर्पोटिङपछि तत्कालै यात्रुलाई लिनका लागि अर्को जहाज काठमाडौंबाट पठाइएको छ,' उनले भने, 'त्यस जहाज 9N-AJL लाई हाम्रा टेक्निकल टिमले चेकजाँच गरिरहेका छन् ।'

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)