ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एक लाख बिरुवा रोपेर शहरको हरियाली प्रवर्द्धन गर्दै कामपा

२०८० जेठ, ६  
समाचार बागमती प्रदेश
Jagdamba Supershine Image Not Found
सांकेतिक तस्वीर

काठमाडौ । शहरमा हरियाली प्रवर्द्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौं महानगरपालिकाले शंखधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ । कपुर, धूपी र समीका बिरुवा रोपेर अभियानको थालनी गर्दै यसअघि कोटेश्वर-जडीबुटी सडक खण्डमा १२० कपुरका बिरुवा रोपिसकिएको छ । शहरी हरियालीका प्रवर्द्धनका लागि एक लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियान रहेको नगर प्रमुख बालेन्द्र साहले बताए । 

शहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको प्रमुख साहको भनाइ छ । चराचुरुंगी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउन सक्ने क्षमता भएका स्थानीय जातका बोट बिरुवालाई जोगाउने योजनाअनुरूप रैथाने (इडेमिक) र प्राकृतिक रूपमा उम्रने (इन्डिजेनियस) बिरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ । 

सन् १८०२ मा एक वर्षसम्म काठमाडौंको नारायणहिटी र स्वयम्भूमा वैज्ञानिक बुचानन हामिल्टनले बोटबिरुवाको अध्ययन गरिएको थियो । त्यसबाट ४१ प्रजातिका बिरुवाको नाम नेवारी लवजमा राखिएको छ ।

अन्तरराष्ट्रियस्तरमा नेवारी लवजबाटै उच्चारण गरिने ती बिरुवा बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँ, गुँसीलगायतका हुन् । यी बिरुवाको वैज्ञानिक नाम क्रमशः बेटुला बोसिस्वाँ (अल्नस नेपालेन्सिस), लौरस नकुस्वाँ, डाँफे भोउलु, लुकुलिया ग्राटिसिमा, पोडोकार्पस नेरिफोलियस हो । यी बिरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित भएकाले जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्नेछ । 

वनस्पतिविज्ञ प्रकाश खड्गीका अनुसार नेपालमा पाइने १५८ प्रकारका रुख र ७५ प्रकारका बुटाहरू विश्वका अन्त कतै पाइँदैनन् । यहाँ ३१२ प्रकारका रैथाने जातका बोटबिरुवा छन् । सडकको किनारा, पार्क वा घरमा जहाँ ठाउँ छ, त्यहाँ आफ्नै वातावरणमा परिचित बोटबिरुवा रोप्न वनस्पतिविज्ञको सुझाव छ ।

यसरी रोपिने बिरुवामा उत्तिस, काब्रो, लप्सी, सिमल, पैयूँ, लेक पांगा, सिरिंगे, मिकुसी स्वाँजस्ता बिरुवा छन् । शहरको पानी, माटो, हावा, तापक्रम व्यवस्थापन गर्न वृक्षारोपण आवश्यक छ । यो आवश्यकता स्थानीय जातका बोटबिरुवाले पूरा गराउन सक्छन् । 

कामपाको उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका प्रमुख नवराज थापाका अनुसार रत्नपार्कसँगै खुला मञ्च क्षेत्र तथा पार्कसँगै वडासँग समन्वय गरेर निर्धारण भएका ठाउँमा बिरुवा रोपिनेछ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)