ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नीति तथा कार्यक्रमका तीन बुँदा   

२०८० जेठ, ७  
टिप्पणी
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । अधिकांश पुरानै नीति, कार्यक्रम र नारा समेटिएको कार्यक्रममा नयाँपन खासै केही छैन । खासगरी अर्थतन्त्र निकै सकसमा परिरहेकाले यसलाई चलायमान बनाउन तथा गति दिन विशेष कार्यक्रमको अपेक्षा गरिएको थियो तर त्यस्तो कार्यक्रम आएको देखिन्न । 

नीति तथा कार्यक्रम सर्सर्ती हेर्दा मुख्यतया तीनओटा कुरा विचारणीय देखिएका छन् । पहिलो हो: गिटी तथा ढुंगा उत्खनन गरेर उपयोग गर्ने नीति । चुरे संरक्षणमा वातावरणीय ह्रास हुन नदिई बालुवागिटीको सन्तुलित ढंगबाट उत्खनन गर्ने भनिएको छ । यसले यसको निर्यातको ढोका खोल्ने देखिन्छ ।

गिटीढुंगा निकासीका बारेमा निकै विवाद हुने गरेको छ । वास्तवमा नेपालले निर्यात गर्न सक्ने अन्य वस्तु नभएकाले यसको निर्यात गर्नु सही कार्य हो । कतिपय ठाउँ, खासगरी तराईमा गिटीढुंगा ननिकाले नदीको सतह बढ्न गई बाढीको समस्या हुने देखिन्छ ।

व्यवस्थित तरीकाले गिटीढुंगा निकाल्नुपर्छ । खाल्डै खाल्डो पार्ने तथा वातावरणीय क्षति पुर्‍याउने गरी यसको उत्खनन गर्न दिनु हुँदैन । त्यस्तै कतिपय डाँडाहरूको औचित्य छैन ।

दोस्रो, नीति तथा कार्यक्रममा जनता र उद्योगलाई सस्तो बिजुली दिने भनिएको छ । खासगरी उद्योगलाई दिने बिजुलीबारे भाषा गोलमटोल छ । सीधै विद्युत् महशुल घटाइनेछ भनेर भन्न केले रोक्यो ? अहिले विद्युत् खरीद र विक्रीमा ठूलो मार्जिन राखिएको छ जुन अनुपयुक्त छ । 

तेस्रो, बन्द भएका उद्योगहरू सञ्चालनमा ल्याउने भनिएको छ । किन बारम्बार कार्यक्रममा यो परिरहन्छ ? गर्न नसक्ने र गर्न नहुने काम किन राखिएको हो, सरकार स्पष्ट देखिँदैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)