काठमाडौं । सनराइज बैंकले कैलालीको सुख्खडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा ‘वाटर प्युरिफायर’ प्रदान गरेको छ । बिहीवार आयोजित एक कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष विष्णुप्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । विद्यार्थीलाई स्वच्छ पानी पिउन सहज होस् भन्ने हेतुले सहयोग गरिएको नायब महाप्रबन्धक नेपालले बताए ।
सुख्खड क्षेत्रमा शुद्घ पिउने पानीको अभाव रहेको र बैंकको सहयोगले विद्यार्थीलाई शुद्ध पानी प्रयोग गरी स्वस्थ रूपमा पठनपाठन गर्न मद्दत पुर्याउने क्याम्पसका अध्यक्ष सापकोटाले बताए । यसै हप्ता बैंकले कैलालीकै धनगढी उपमहानगरपालिकाका लागि डस्टबिन, हसनपुरको ऐश्वर्य विद्या निकेतन विद्यालयलाई प्रोजेक्टर, धनगढी त्रिनगर विद्यालयमा साइकल स्ट्यान्ड, चुरे गाउँपालिका र डडेलधुरामा प्रहरी बिटमा सहयोग गरिएको बताएको छ ।