ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपाटपद्वारा ‘डीडब्लूसी पाइप’ उत्पादन शुरू 

२०८० जेठ, ७  
विविध
Jagdamba Supershine Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाटपले ढल निकास प्रयोजनका लागि प्रयोग हुने डबल वाल कोरोगेटेड (डीडब्लूसी) पाइपको उत्पादन शुरू गरेको छ । विभिन्न देशमा केही दशक अगाडिबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाइजेशनअन्तर्गतको मनमैजु इण्डष्ट्रिज प्रालिले नेपालमै डीडब्लूसी पाइप उत्पादन शुरू गरेको हो । 

कम्पनीले हाल प्रचलित अन्तरराष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही १०० मीमीदेखि १२०० मीमी गोलाइका पाइप उत्पादन गरिरहेको बताइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अघि पारित गरेको डीडब्लूसी पाइप नेपाल गुणस्तर चिह्न प्राप्तिको प्रक्रियामा रहेको समेत कम्पनीले जानकारी दिएको छ ।

यो उत्पादन प्रयोग हुने साना–ठूला ढल निकास आयोजना, ढल प्रशोधन केन्द, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजना लगायत अन्य परियोजनाका लागि समेत डीडब्लूसी पाइप उपयुक्त हुने कम्पनीको दाबी छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)