ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

दुई कम्पनीको १ लाख ५३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा 

२०८० जेठ, ७  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पछिल्लो समय संस्थापक शेयर विक्रीको क्रमले निरन्तरता नै पाएको छ । सोही क्रममा दुई कम्पनीको १ लाख ५३ हजार ३३७ दशमलव ६९ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख १९ हजार कित्ता र सिटिजन्स बैंक इन्टरनेसनलको ३४ हजार ३३७ दशमलव ६९ कित्ता संस्थापक शेयर विक्रीमा आएको हो । दुवै कम्पनीको उल्लिखित शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।

डिप्रोक्स लघुवित्तले विक्रीमा ल्याएको शेयरको मूल्य प्रतिकित्ता रू. ३०६ तोकेको छ भने सिटिजन्स बैंक इन्टरनेसनको शेयरको मूल्य प्रतिकित्ता रू. १०६ तोकिएको छ । यी शेयर खरीद गर्न इच्छुक सम्बन्धित कम्पनीहरूको विद्यमान संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी जेठ ६ गते सूचना जारी भएको हो ।

सिटिजन्स बैंकको शेयर खरीदका लागि बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौं र डिप्रोक्स लघुवित्तको शेयर खरीदका लागि कम्पनीको कर्पोरेट कार्यालय सीतापाइला, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी विक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीहरूले दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)