ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सिटी होटलको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल 

२०८० जेठ, ७  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटी होटल लिमिटेडको शेयर रजिष्ट्रारको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारीसमेत पूरा गरेको क्यापिटलले शेयर रजिष्ट्रारको जिम्मेवारीसमेत पाएको हो ।

कम्पनीको आईपीओ सर्वसाधारणमा जेठ ५ गते बाँडफाँट भएको थियो । कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी जेठ ५ गते बाँडफाँट गरेको हो । 

कम्पनीले सर्वसाधारणमा १३ लाख ५५ हजार ९४० कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ १ लाख ३५ हजार ५९४ जना आवेदकहरूले १० कित्ताका दरले प्राप्त गरेका छन् । 

कम्पनीले आफ्नो जारी पूँजी रू. १ अर्ब ६७ करोड ४० लाखको १० प्रतिशत अर्थात् रू. १६ करोड ७४ लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो ।

सर्वसाधारणका लागि छ्ट्याएको कुल कित्ता आईपीओमध्ये १ लाख ६७ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरूमा बाँडफाँट गरिएको छ ।

सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६७ करोड ४० लाख कायम भएको छ । आईपीओ बाँडफाँटपछि कम्पनीले कारोबारका लागि धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । कम्पनीको धितोपत्र सूचीकृतदेखि आगामी दिनमा आवश्यक सम्पूर्ण धितोपत्र व्यवस्थापनको काम शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलले पूरा गर्नेछ ।

कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ भने रू. ८७ दशमलव ८३ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि पाउने व्यवस्थाअनुसार कम्पनीले न्यूनतम प्रतिकित्ता रू. ८७ दशमलव ८३ देखि अधिकतम रू. २६३ दशमलव ४९ सम्मको मूल्य रेञ्ज पाउनेछ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)