ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कृषि विकास बैंकको २ प्रतिशत बोनस शेयर वितरण 

२०८० जेठ, ७  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले यस वर्षको २ प्रतिशत बोनस शेयर वितरण गरेको छ । बैंकले गत चैत १४ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

फागुन २९ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको जानकारी बैंकले दिएको हो । यस वर्ष बैंकले कुल १३ प्रतिशत लाभांश वितरण गरेको हो । करसमेत ११ प्रतिशत नगद लाभांश भने बैंकले वैशाखमै वितरण गरिसकेको छ ।

बोनस शेयर फागुन २९ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएकाहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाइएको बैंकको भनाइ छ । यसर्थ कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्नसमेत बैंकले अनुरोध गरेको छ । बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)