ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

राष्ट्रियसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल

२०८० जेठ, ७  
समाचार
Jagdamba Supershine Image Not Found

काठमाडौं । राष्ट्रियसभामा सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।

बैठकमा सञ्चारमन्त्री शर्माले ‘राष्ट्रपतिबाट यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफल अघि बढेको हो । 

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएसँगै विभिन्न राजनीतिक दलका सांसदले आफ्नो धारणा राखिरहेका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)