काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार राय नियुक्त भएका छन् । जेठ ६ गते शनिवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रायलाई आगामी चारवर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निणर्य गरेको हो ।
जेठ ७ गते आइतवारदेखि नै रायले सीईओको कार्यकाल सम्हाल्ने जानकारी कम्पनीले नेप्सेमार्फत गराएको छ । उनले कम्पनीको सचिवको समेत जिम्मेवारी पूरा गर्ने भनाइ कम्पनीको छ ।