ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बुद्ध एयरको जहाजमा पसेको मुसा भेटियो, जहाजले आजैबाट उडान शुरू गर्ने

२०८० जेठ, ७  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । शनिवार जनकपुरमा 'मुसा' देखिएपछि रोकिएको जहाजमा निरीक्षण गर्दा ट्रयापमा मुसा भेट्टियो । त्यसपछि उक्त जहाज 9N-AJL आज बिहान काठमाडौं ल्याइएको बुद्ध एयरले जनाएको छ । जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको थियो । 

बुद्धएयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार जहाजलाई सम्पूर्ण चेकजाँच गरी २/३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको थियो । 

आज दिउँसो प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याएको हो । जहाजलाई थप निरीक्षण गरी आज दिउँसोबाट पुनः व्यावसायिक उडान थालिने कर्णले जानकारी दिए । साथै बुद्ध एयरले यात्रुवर्गलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्रोसँग प्याकबन्दी गरेर ल्याउनसमेत  अनुरोध गरेको छ ।

काठमाडौँका लागि उड्नै लाग्दा जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको थियो  । बिहान ९:१५ बजे जनकपुरबाट काठमाडौँ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच गरिएको थियो । उक्त जहाज ४९ यात्रुसहित काठमाडौँबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)