ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अरुण भ्याली हाइड्रोले पायो शत प्रतिशत हकप्रद निष्कासनका लागि पूर्वस्वीकृति 

२०८० जेठ, ७  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ ।

जलविद्युत् कम्पनीहरूले हकप्रद शेयर निष्कासनको लागि निणर्य गरेपश्चात् विद्युत् नियमन आयोगको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग हकप्रद निष्कासनका लागि अनुमति माग गर्दा कम्पनीहरूले अनिवार्य रूपमा विद्युत् नियमन आयोगको पूर्वस्वीकृतिसमेत पेश गर्नुपर्ने हुन्छ ।

कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० को आधारमा शत प्रतिशत हकप्रद शेयर जारी गर्ने निणर्य गरेको थियो । विद्युत् नियमन आयोगले जेठ ५ गते कम्पनीलाई हकप्रद निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गरेको हो ।

अब कम्पनीले नेपाल धितोपत्र बोर्डसमक्ष हकप्रद निष्कासनका लागि अनुमति माग गर्न सक्नेछ । बोर्डको स्वीकृतिपछि कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० पुग्नेछ । 

कम्पनीले हकप्रद शेयर बिक्रीबाट प्राप्त रकममध्ये रू. ९३ करोड ३९ लाख ८१ हजार ३०० पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको ३० मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माणका लागि संस्थापक शेयरमा लगानी गर्ने निणर्य कम्पनीले गरेको छ । 

बाँकी रू. ९३ करोड ३९ लाख ८१ हजार ३०० रकम कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)