ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सञ्चयकोष एक्लैले गर्‍यो तामाकोशी -५ मा  करीब १४ अर्ब ऋण लगानी

२०८० जेठ, ७  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ९९.८ मेगावाटको तामाकोशी-५ जलविद्युत आयोजनामा कर्मचारी सञ्चयकोष एक्लैले ऋण लगानी गरेको छ ।

२१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सञ्चयकोषले १३ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरि सम्झौता भएको छ ।

पहिलोपटक २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा लगानी गरेको कोषले अहिलेसम्म ८१५ मेगावाट क्षमताका विभिन्न आयोजनामा ऋण लगानी गरेको सञ्चयकोषका प्रमुख प्रशाशक जितेन्द्र धितालले बताए । सञ्चयकोषले अहिलेसम्म ७ खर्ब रुपैयाँ जलविद्युतमा मात्रै लगानी पोर्टफोलियो बनाएको उनको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सञ्चयकोषले अब 'फोर डिजिट'का आयोजनामा लगानी गर्न आग्रह गरे । १०६१ मेगावाटको अपर अरुण तयारी अवस्थामा रहेकोले यसमा सञ्चयकोष ले ५० अर्ब लगानी गर्दा पनि फरक नपर्ने उनले बताए ।

त्यस्तै, उर्जा जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतले लगानीको वातावरण बनाउन सरकार लागिपरेको बताए ।

९९.८ मेगावाटको तामाकोशी-५ आयोजना ४५६ मेगावाटको माथिल्लो तामाकोशीको क्यासकेड आयोजना हो । यो आयोजना आगामी ४ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको तामाकोशी-५ जलविद्युत कम्पनीका सीईओ विनोद भण्डारीले बताए ।

११ प्रतिशत ब्याजदरमा ऋण लगानी सम्झौता गरिएको हो । बजारमा ब्याजदर घटबढ हुँदा यो ऋणको पनि ब्याजदर घटबढ हुने सञ्चयकोषको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)