मेरो कनेक्ट आइपीएसको पासवर्ड रिसेट गर्दा बैंक एकाउन्ट सस्पेन्ड भयो । यसलाई फेरि सञ्चालन गर्न त्यहाँ दिइएको फाराम डाउनलोड गरेर बैंकमा पुगेँ । सबै पेज प्रिन्ट गरेर ल्याउन बैंकका कर्मचारीले भने ।
पहिलो पेजमा बाहेक अन्य पेजमा सही गर्ने ठाउँ नै छैन । खासमा त्यो सम्झौताका शर्तहरू हुन् । तीन वर्षदेखि चलाइरहेको कनेक्ट आइपीएसमा पुनः जोडिन बैंकहरूले दिएको सास्ती ज्यादै अचाक्ली लाग्यो ।
ग्राहकका कुरा सुन्दै सुन्दैनन् । हाकिमले जे भनेको हो त्यो मात्रै गर्छन् । प्रविधिको उच्चतम प्रयोग गरेको पारदर्शी व्यवस्थापन भएको भनिएको बैंकले कागजका ठेली खोज्छ भने यसलाई कसरी प्रविधियुक्त भन्ने ? यो त सरकारी कार्यालयको जस्तो शैली भएन ?
के बैंकले प्रविधिलाई पत्याउन सक्दैन ?
दिवस कार्की, मण्डिखाटार, काठमाडौं