ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विदेशमा रहेका योगदानकर्ताबाट रकम संकलन गर्न सम्झौता

२०८० जेठ, ८  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  ।  सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका र विदेशमा स्वरोजगार रहेका नागरिकको योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने प्रयोजनका लागि सम्झौता भएको छ । विदेशमा रहेका कोषका योगदानकर्ताबाट रकम संकलनको सेवा प्रदान गर्ने प्रयोजनका लागि सम्झौता गरिएको हो ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताको कार्यान्वयनपछि विदेशस्थित आइएमई काउण्टर तथा साझेदारमार्फत वैदेशिक रोजगारमा रहेका र विदेशमा स्वरोजगारमा रहेका नागरिकले योगदान बापतको रकम कोषमा जम्मा गर्न सक्नेछन् ।  

योजनाअन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम रू. २ हजार २ मासिक रूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)